पठाओको लोगो अङ्कित कपडा लगाउन रोक, राइड भने निर्वाध संचालन हुने

काठमाडौं । कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालीले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गरेको छ।
पछिल्लो समयमा पठाओ सेवालाई थप ब्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको बिकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पुर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न अनुरोध गरिएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बताइएको छ। साथै राइड सेवा भने निर्वाध चल्ने भनिएको छ।
footwear zone
उक्त सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने जानकारी बिज्ञप्तिमा उल्लेख छ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।
You might also like

Comments are closed.