यस्तो रह्यो पठाओ नेपाल डिजिटल सवारीका तीन वर्ष

काठमाडौ। समय क्रम सँगै जिवनशैलीलाई अझ सहज र सुरक्षीत बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको ब्यवसायिक यात्रा सुरु भएको ३ वर्ष पूरा भएको छ ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङ मार्फत पठाओले सेवा सुरु गरेका थियो। नेपाल जस्तो बिकासउन्मुख देशमा पठाओ मार्फत दुई पाङ्ग्रे सवारीमै हजारौंलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफुहरु अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यात बताउँछन् ।

९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात् ट्याक्सी सेवा मात्र जोडिएन यसले क्याप्टेन (ट्याक्सी चालक)हरूको अतिरिक्त आम्दानीमा टेवा दिंदै ट्याक्सीको सेवालाई बर्गेनिङको झन्झट हटाउँदै गेट देखि गेट सम्म पुगेको छ । अहिले राजधानीका पचास प्रतिसत भन्दा बढी ट्याक्सी चालक प्रविधि मैत्री हुँदै पठाओमा आवद्ध भएको बस्न्यात बताउँछन् ।

footwear zone

राइड रेयरिङ सुरु गरेको २ वर्ष पछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउंदै ‘पठाओ फुड’ सुरु गरेको थियो । पठाओ फुड सुरु गरेको एक बर्षमै लोकप्रिय फुड डेलिभरी ब्राण्ड बन्नुको श्रेय आम उपभोक्तालाई नै जाने बस्न्यात बताउँछन् । पठाओ फुड सुरु भए संगै साइकल भएका ब्यक्तिहरु समेतले फुडम्यानको रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।

राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक एभरेस्ट इन्स्योरेन्स सँगको सहकार्यमा बिमाको सुरुवात समेत गरेको छ ।

‘पार्टटाइम काम गर्न चाहनेलाई पनि पठाओले अवसर सिर्जना गरेको छ । ‘बस्न्यात थप्छन् ‘बिदेश तिर सानै उमेरमा विद्यार्थीहरु पार्टटाइम काम गरेर आत्मनिर्भर हुने प्रवृत्ति छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले नेपालमा पनि विद्यार्थीहरुले पठाओमा आफ्नो समयको सदुपयोग गर्दै अर्थोपार्जन गरिरहनुभएको छ।’

प्रविधिको विकासले ल्याइदिएको यो सुविधा कै कारण अहिले दैनिकरुपमा हजारौं राजधानीबासीले प्रत्यक्ष रूपमा सहज सेवा पाइरहेका छन् भने दैनिक हजारौं राइडररक्याप्टेन र फुडम्यानले अर्थोपार्जन गरिरहेका छन् ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी पठाओ बजार सुरु गरिएको थियो।

हालै पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि ‘पठाओ दशैँ महोत्सव ‘ घोषणा गरेको छ । महोत्सवमा बम्पर उपहारमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन १२ प्रो जित्ने मौका रहेको छ ।

पठाओ नेपालको यात्रा तेस्रो बर्ष पूरा गरेको यो खुसिको अवसरमा बिज्ञप्ति जारी गर्दै बस्न्यात भन्छन् ‘नेपालको उत्कृष्ट राइड सेयरिङ कम्पनी बनाउन सहयोग गर्नुहुने हाम्रा सम्पुर्ण सेवाग्राही, मिडियाका साथीहरू, साझेदार कम्पनी, राइडर क्याप्टेन र फुडम्यान साथीहरू तथा कार्यालयका साथीहरू प्रति कृतज्ञ छौ। यहाँहरुको साथ र सहयोग बिना यो यात्रा संभव थिएन। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं ।’

You might also like

Comments are closed.