पठाओको दसैंं महोत्सवमा कुमार श्रेष्ठले प्राप्त गरे टिभिएस बाइक

काठमाडौं ।राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड दसैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि सन्चालन गरेको ‘पठाओ दसैंं महोत्सव’को उपहार हस्तान्तरण गरिएको छ ।

महोत्सवमा साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक प्राप्त गरेका छन् । त्यस्तै पठाओका ३ जना सेवाग्राही बिकास रानामगर, मोनिका सुनुवार र अनिल श्रेष्ठले आईफोन १२ प्रो मोबाइल प्राप्त गरेका छन् ।

असोज १ गते देखि २० सम्म चलेको महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यान साथै ३ हप्ताका बिजेता मध्येबाट एक जनालाई लक्की ड्र गरि बम्पर उपहार प्रदान गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

footwear zone

कुमार श्रेष्ठ, सुनिल कुमार चौधरी, बिजय राई, विशाल राई, अर्जुन कार्की, निग्मा दोर्जे तामाङ, सागर राई, कृष्ण बहादुर तामाङ, श्रीकृष्ण बहादुर कुँवरले मोबाइल फोन प्राप्त गरेका छन् ।

पासाङ तामाङ, नवराज तामाङ, राजेन्द्र ठकुरी, शान्ति बहादुर लिम्बु, पवन ढुङ्गेल र लोकेश महतोले ३२ इन्चको टिभी प्राप्त गरेका छन् । दिपक घलान, प्रताप बहादुर रायक्षेत्री, सन्जय कुमार, कमल श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ र दावा तामाङले फ्रीज उपहार पाएका छन् ।

कौशल कुमार जोशी, रिन्जी शेर्पा र ग्याल्जेन शेर्पाले मिक्सचर त्यस्तै भिम बहादुर लिम्बू, कृष्ण बहादुर चौधरी र सानू कान्छा वाइबाले भ्याकुम क्लिनर उपहार प्राप्त गरेका छन् ।

‘कोभिडले सबैलाई असर गरेको छ । हाम्रो ब्यवसाय पनि त्यसबाट टाढा रहने कुरा भएन। दैनिक कामले गुजारा गर्ने हाम्रा राइडर, क्याप्टेन र फुडम्यान साथीहरुलाई झन असर गरेको छ ।’ पठाओ नेपालको मार्केटिङ हेड सुरक्षा हमाल थप्छिन् ‘कोभिडको समयमा पनि वहाँहरुले काममा खटेर सेवाग्राहीको दैनिकी सहज बनाउन देखाएको मेहनत र उत्साहलाई सम्बोधन गर्दै दशै महोत्सव आयोजना गरि उपहारहरु हस्तान्तरण गरिएको हो ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको छ।

You might also like

Comments are closed.