काठमाडौं । पठाओ कार्यालय तोडफोड विरुद्ध ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विरोध गरेका छन् ।
राइड सेरिङ्ग कम्पनि पठाओको कार्यालयमा भएको तोडफोडको समाचारले ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमु को गम्भीर ध्यानाकर्षण भएको ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले बताए ।
कुनै पनि समस्या भए आपसी बार्ता र सहमतीय प्रक्रियामा नगएर एक संस्थामाथि आक्रमण शैलीमा तोडफोड गर्नु निकै नै दुखद कुरा भएको उनिहरुको भनाइ छ । पठाओ जस्ता राइड सेयरिङ्ग एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हद सम्म सजिलो भएको साथै कोभिड १९ का कारण अर्थतन्त्र सिथिल भएको समयमा पनि हजारौंले रोजगारी पाएको बताइएको छ ।

कार्यालयमा गएर आक्रमण र तोडफोड गर्ने जस्ता घटनाले नेपाली स्टार्ट-अप क्षेत्रलाइ नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाइ जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाइ दुरुत्साहन गरेको महसुस भएको उनिहरुको भनाइ छ ।
यस्ता कार्य जो सुकै बाट भएको भए पनि नेपाल प्रहरी र गृह मन्त्रालयले छिटो भन्दा छिटो छानबिन गरि दोषीहरुलाई कारवाही गर्न यो फोरम जोडदार माग गरेको छ ।
साथै राइडरहरुलाई केहि व्यक्तिहरुको लहलहैमा नलागी आफ्ना मागहरु स्पष्ठ संवाद र वार्ताका माध्यमले समाधान गर्न हुन पनि उनिहरुको अनुरोध छ ।




Comments are closed.