पोउवा संघ अध्यक्षमा पवन प्रजापती विजयी

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । प्रजापती १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे ।

संघको शनिवार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला विजयी भएका छन् ।

footwear zone

You might also like

Comments are closed.