प्रगतिशील शैक्षिक परामर्श संघ गण्डकी संयोजकमा क्षेत्री र सहसंयोजकमा शर्मा

पोखरा । प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गण्डकीको संयोजकमा भुवन क्षेत्री चयन भएका छन् । एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरूले राष्ट्रिय भेलाका क्रममा क्षेत्री प्रदेश संयोजक चयन भएका हुन् । टार्गेट एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षत्री इक्यान कास्कीका पूर्व अध्यक्ष हुन् ।

एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ अन्तर्गत रहने गरी पिक्यान गठन भएको हो । भेलाबाट गण्डकी प्रदेश सहसंयोजकमा नोभेल इन्स्टिच्युट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक तथा कानुन ब्यबसायी  देबराज शर्मा चयन भएका छन् ।

पिक्यानले शैक्षिक परामर्श व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने क्षेत्रीले बताए ।

footwear zone

शैक्षिक परामर्श व्यवसायी विष्णु पोख्रेल र राजन श्रेष्ठको नेतृत्वमा शनिबार भेला भएको थियो । भेलाले ३१ सदस्यीय केन्द्रीय तदर्थ समितिसमेत घोषणा गरेको छ ।

You might also like

Comments are closed.