एमालेनिकट शैक्षिक परामर्श व्यवसायीले खोले पिक्यान

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघअन्तरगत प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गठन भएको छ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका स्थायी कमिटी सदस्य एवम् शैक्षिक परामर्श व्यवसायी विष्णु पोख्रेल र राजन श्रेष्ठको नेतृत्वमा शनिबार भएको भेलाले ३१ सदस्यिय तदर्थ समिति घोषणा गरेको छ। नेकपा एमालेमा आवद्धरही देशभरी छरिएर रहेका शैक्षिक परामर्श व्यवसायी, भाषा शिक्षण ईन्स्टिच्युटलगायतलाई समेटेर पिक्यान गठन गरिएको हो।

‘यो एमालेको व्यवसायिक भ्रातृ संगठनमध्येको एक हो,’ व्यवसायी राजन कुमार श्रेष्ठले भने, ‘अवसर वृद्धि र व्यवसायिक क्षमता पिक्यानको प्रतिबद्धता भन्ने नाराका साथ हामी अघि बढीरहेका छौँ।’ उनले काठमाडौं उपत्यका र सातै प्रदेशका लागि संयोजक तोकेर संगठन विस्तार गर्न निर्देशन दिएको जानकारी दिए।

footwear zone

प्रदेश १ संयोजक कमल तिम्सिना र ​सह–संयोजक दिवाकर लाल चौधरी रहेका छन् भने प्रदेश २ संयोजक बिकल्प राज पोख्रेल छन् । बागमती प्रदेश संयोजक हिक्मत पुरी, गण्डकी प्रदेश संयोजक भुवन क्षेत्री र सह–संयोजक देबराज शर्मा रहेका छन्।

यसैगरी लुम्विनी प्रदेश संयोजक देव कुँवर र सह–संयोजक गिरिराज पाण्डे रहेका छन् । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि हेमन्त रेग्मीलाई संयोजक तोकिएको छ। उपत्यका बिशेष कमिटीको संयोजकमा दया थापा र सह–संयोजकमा गगन बिष्ट चयन भएका छन्।

प्रदेशस्तरको कमिटी र उपत्यका विशेष कमिटीहरुले पुर्णता पाएपछि हुने भेलाबाट केन्द्रिय पदाधिकारीहरुको चयन गर्ने तय भएको श्रेष्ठले जानकारी दिए।

भेलाबाट बिष्णु पोख्रेल, राजन कुमार श्रेष्ठ, बुद्धि प्रसाद रेग्मी, बाशु नेपाल, रामचन्द्र ओली, सुदन चौहान, बिकल्प राज पोख्रेल, हिम्मत पुरी, भुवन क्षेत्री, देव कुँवर, हेमन्त रेग्मी, कमल तिमिल्सिना, दया थापा , यम प्रसाद तिवारी , खड्ग बहादुर ताम्लिङ्ग, सोम बहादुर कंडेल, राजु निरौला, रबिन के सी, पूर्ण के सी, बाल कृष्ण बिष्ट (गगन), किशन अधिकारी, आशिष रायमाझी, महेश श्रेष्ठ , बि के श्रेष्ठ, निरुपमा महर्जन, शुस्मा आचार्य, पुष्प भट्टराई, पुष्प पहराई , सुनिता पाण्डे, राम चन्द्र के सी केन्द्रीय कमिटीमा चयन भएका छन् ।

You might also like

Comments are closed.