पोउवा संघद्वारा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पोखरा । पोखरा उद्योग वाणिज्य संघले संक्रामक तथा सरुवा रोग अस्पताल र मातृशिशु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउने अभियानमा लागेका अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव नहोस् भन्ने उदेश्यले करिब २ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।

बिहीबार आयोजित समारोहमा मातृशिशु अस्पताललाई पीपीई, मास्क,पञ्जा, स्यानिटाइजर,फेससिल्डसहित १ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको उनले बताए । सो अवसरमा अध्यक्षसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष दामु अधिकारी, महासचिव सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्ष तथा संघमा गठित पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति संयोजक बलराम आचार्य,उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्य तथा स्वास्थ्य उपसमिति संयोजक भरत केसी, कार्यसमिति सदस्य पवित्रा गुरुङ तथा कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थिति थियो ।

मातृशिशु मितेरी अस्पतालले बिहीबारबाटै २० बेडको कोभिड बिरामीहरुको उपचार थालेको छ । अस्पतालले हाल २० बेडमा कोभिडका बिरामीको उपचार थालेको छ । मातृशिशु अस्पतालले कोभिड वार्डमा महिला तथा बालबालिकालाई प्राथमिकता दिएपनि अन्य संक्रमितको पनि उपचार गरिने गण्डकीका सभासद तथा अस्पतालका परिकल्पनाकार कृष्ण थापाले बताए ।

footwear zone

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट पुष्कर पौडेलले कोभिडका बिरामीहरुलाई निःशुल्क पोषणयुक्त खानाको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पुष्पराज तिमिल्सिना र जिल्ला समन्वय समितिका अध्यक्ष वैनबहादुर क्षेत्रीले पनि मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष कोइरालासहितको प्रतिनिधिमण्डलले बिहीबार नै लेखनाथमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताललाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण ग¥यो । सो अवसरमा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले संकटको यो घडीमा नागरिकको जीवन रक्षाको लागि खटिएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सामग्रीको अभाव खेप्न नपरोस् भन्ने हेतुले सहयोग गरिएको बताए । सहयोग सामग्री स्वीकार्दै अस्पतालका निर्देशक विकास गौचनले पछिल्ला दिनमा अस्पतालमा केही स्वास्थ्य सामग्रीको अभाव भएको जानकारी दिँदै संघको सहयोग सह्रानीय भएको बताए । महासचिव सुरेन्द्रमान बिजुक्छेका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पनि संघले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दैछ ।

संघले कोभिडबाट समस्यामा परेकाहरुलाई सहयोग पु¥याउने उदेश्यले कोषाध्यक्ष बलराम आचार्यको संयोजकत्वमा पोउवा संघ कोभिड भाइरस राहत संकलन उपसमिति गठन गरेको छ । संघको अभियानलाई यहाँका बस्तुगत संघहरुले पनि सहयोग गरेका छन् । यसअघि पनि संघले संकटमा परेका परिवारहरुलाई खाद्य सामग्री बितरण गरेको थियो ।

You might also like

Comments are closed.