पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको घरेलु उद्योग तथा हस्तकला उपसमितिले घरेलु तथा हस्तकला उद्योगमा आवद्ध व्यवसायीहरुलाई सहज तरिकाले कर्जा पाउने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएको छ ।
उपसमितिका संयोजक पवित्रादेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले खासगरी महिलाले संचालन गरेका यस्ता व्यवसायमा कर्जा प्रवाह सहज बनाउन सरोकारवाला निकायहरु गुहार्ने निर्णय पनि गरेको छ । बैठकले हस्तकला तथा घरेलु उद्योग संघसँग आवद्ध तथा यो व्यवसायमा संलग्न महिला व्यवसायीहरुलाई एकजुट बनाउने, गुणस्तरीय तथा प्रतिष्पर्धी उत्पादनको लागि आवश्यक पर्ने तालीमको आयोजना गर्ने,तथा फर्निचर,कृषि, मेटल व्यवसायमा संलग्न महिलाहरुलाई पनि उपसमितिमा आवद्ध गराउने जनाएको छ । बैठकले महिला उद्यमीहरुको लागि कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गत गठित उपसमितिको संयोजकमा संघकी कार्यसमिति सदस्य पवित्रादेवी गुरुङ संयोजक तथा कार्यसमितिकी सदस्य शोभा गौतम सहसंयोजक रहेकी छन् । कार्यसमिति सदस्य कुमारी मुना बास्तोलासहित चन्द्रा शर्र्मा,राधा श्रेष्ठ,योगाकुमारी गौतम, पार्वतीकुमारी शर्मा,सुनकुमारी गुरुङ,सरा बोगटी, सुशीला खनाल, मत्ता गुरुङ र सुन्ती पुर्जा सदस्य रहेको सो उपसमितिको सल्लाहकारमा दीनेश आचार्य, विन्दु कोइराला सुवेदी, चिनुकुमारी गुरुङ,सीता गुरुङ, गंगा कुँवर, सीता बराल, रामकली खड्का र मीनाकुमारी पराजुली रहेका छन् ।




Comments are closed.