बैंक र वित्तीय संस्थाबाट भएको ज्यादतिको भोलि विरोध प्रर्दशन गर्ने

पोखरा । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको विरुद्ध सडकमै उत्रेर विरोध जनाउने भएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा उत्रिने भएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकको विरोधमा बिहीबार चिप्लेढुंगा चोक (बीपी चोक)मा शान्तिपूर्ण विरोध प्रदर्शनको आयोजना गरिएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार बिहीबार  बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्मको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न बस्तुगत संघको पनि सहभागिता रहने छ । निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले बताए ।

footwear zone

संघका महासचिव बलराम आचार्यले प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको मनोमानीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम तय गरिएको हो ।

You might also like

Comments are closed.