पोउवा संघले आयोजना गर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकमा थापा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी/व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए ।उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको अन्तिमसम्म आफ्नो रायसहितको सुझाव संंघलाई बुझाउने छन् ।

उनलाई उपसमितिका सदस्यहरु छान्ने जिम्मेवारी पनि प्रदान गरिएको छ । नेपालमा संगठित रुपले पहिलो पटक मेला र महोत्सव आयोजाको इतिहास बनाएको संघले वर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्नुपर्ने महशुस भएपछि सो उपसमिति गठन गरिएको हो । पोखराको प्रतिष्ठित घराना अंशुभराका म्यानेजिङ डाइरेक्टरसमेत रहेका थापा युवा उद्यमी हुन् ।

footwear zone

 

You might also like

Comments are closed.