पोउवा संघको प्रतिधिनिमण्डल हङकङ प्रस्थान

 

पोखरा। पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल हङकङ प्रस्थान गरेको छ ।

नेपाल च्याम्बर अफ कमर्स हङकङको निमन्त्रणामा अध्यक्ष पवनकुमार प्रजापतिसहित उद्योग उपाध्यक्ष देवेन्द्र केसी,उपमहासचिव शोभा गौतम कार्यसमितिका सदस्यहरु सुदीप प्रधानाङ्ग,भीम गौतम,सुदीप ओझा,जीवनप्रकाश श्रेष्ठ, सौगात थापा, लेखनाथ सुवेदी र लीलाधर चपाईं रहेका छन् ।

footwear zone

अध्यक्ष प्रजापति बिहीबार आयोजना हुने च्याम्बर अफ कमर्स हङकङको १६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विशेष अतिथि रहेनेछन् । यसका साथै गैरआवासीय नेपाली संघ तथा हङकङ पोखरा सम्पर्क समाजले आयोजना गर्ने कार्यक्रममा उनी प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

You might also like

Comments are closed.