पोउवा र हङकङको उवा संघबीच सहयोग आदान–प्रदान सम्झौता

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङबीच आपसी सहयोग आदान –प्रदान गर्ने समझदारी भएको छ ।
समझदारी पत्रमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष लवकुमार गुरुङले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुई उद्योग वाणिज्य संघबीच आपसी भ्रमण आदान–प्रदान गर्ने,पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई सघाउने,पोखरामा गण्डकीका उत्पादनहरु प्रदर्शनीको लागि पोउवा संघले निर्माण गर्न लागेको कोसेली घरलाई सघाउनेलगायतका विषयहरु समेटिएको पोउवा संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार पोउवा संघ र नेपाल च्याम्बर अफ कमर्स हङकङसँग सन् २०१८ मा नै आपसी सहयोग आदान–प्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । नेपाल च्याम्बर अफ कमर्सको १५ औं वार्षिकोत्सवमा विशेष अतिथिको रुपमा हङकङ पुगेका अध्यक्ष प्रजापतिले केही बुँदाहरु थप गरी पुन सम्झौतालाई नवीकरण गरिएको हो ।

यही असार १३ गते आयोजित नेपाल च्याम्बर अफ कमर्सको वाषिर्कोत्सव समारोहमा अध्यक्ष प्रजापतिसहित उद्योग उपाध्यक्ष देवेन्द्र केसी,उपमहासचिव शोभा गौतम कार्यसमितिका सदस्यहरु सुदीप प्रधानाङ्ग,भीम गौतम,सुदीप ओझा,जीवनप्रकाश श्रेष्ठ,सौगात थापा,लेखनाथ सुवेदी र लीलाधर चपाईंले सहभागिता जनाएका थिए ।

footwear zone

वार्षिकोत्सव समारोहसँगै नेपाल च्याम्बर अफ कमर्सले दुई उवा संघबीचको अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले हङकङमा रहेका व्यवसायीहरुलाई गण्डकी र खासगरी पोखरालाई केन्द्रमा राखी लगानी गर्न आग्रह गरेका थिए । अध्यक्ष प्रजापतिसहितको भ्रमण दल स्वदेश फिर्ता भइसकेको छ ।

You might also like

Comments are closed.