युरोपेली संघकी राजदूत डोपरेजसँग पोउवा संघका प्रतिनिधिको भेट

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र युरोपियन युनियनको तर्फबाट नेपालका लागि राजदूत नोना डोपरेजसँग द्धिपक्षीय सहकार्यका बारे छलफल भएको छ ।

छलफलको क्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरालाई शिक्षा, स्वास्थ्य,पर्यटन र कृषिको व्यावसायिकरण भएको सहर बनाउने अभियानको नेतृत्व गरको संघ युरोपेली युनियनसँग सहकार्य गर्न तयार रहेको बताए । उनले संघले संचालनमा ल्याएका केही परियोजनाको उदाहरण दिँदै वातावरण संरक्षण र दीगो उद्यमशीलता विकास आफ्नो लक्ष्य भएको जानकारी पनि दिए ।

footwear zone

छलफलमा बोल्दै नेपालको लागि युरोपेली संघकी राजदूत नोना डोपरेजले दीगो विकास, जलवायू परिवर्तन,समावेशीतालगायतका क्षेत्रमा युरोपेली संघको चासो भएको बताउँदै व्यापार र लगानीको क्षेत्रमा पनि आफूहरुले काम गर्ने जानकारी दिइन् । युरोपेली संघले सन् २०२१ देखि २०२७ सम्म नेपालको सन्दर्भमा तयार गर्न लागेका परियोजनाबारे जानकारी दिन आफू पोखरा आएको उनले बताइन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, उपाध्यक्षहरु गोकर्ण कार्की र अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छेसहित सदस्यहरु शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बास्तोला, पवित्रादेवी गुरुङ सो छलफलमा सरिक रहेका थिए ।

You might also like

Comments are closed.