राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने ३२औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेला मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चल्नेछ । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवन प्रजापतीले बताए ।

‘लगानीको सम्वर्द्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित पोखरा ९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने लक्ष्य पनि लिएको उनले बताए ।

यहाँहरुमार्फत् म राष्ट्रिय औद्योगिक व्यापार मेलासँग सहकार्य गर्ने सबै उद्योग÷प्रतिष्ठान एवं व्यावसायिक संघ संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुको सहयोग बिना यो महायज्ञ सम्भव थिएन ।

footwear zone

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति उमेश धमलाको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको थियो । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका अलावा गठित विभिन्न ३० वटा उपसमितिहरुको सक्रियताकै कारण मेलाको ९३ प्रतिशत तयारी सम्पन्न भएको महासचिव एवं प्रचारप्रसार संयोजक बलराम आचार्यले जानकारी दिए ।

मेलामा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्न खालका १४६ गरी करिब २ सय ५० स्टल रहनेछन् । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान,लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री र प्रदर्शन रहेका छन् ।

मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु.१ सय र विद्यार्थीको लागि रु.६० कायम गरिएको छ । अवलोकनकर्ताले खरिद गर्ने रु १ सयको टिकटबाट रु १० र विद्यार्थीले खरिद गर्ने टिकटबाट रु ५ जाजरकोट भूकम्प पीडतलाई प्रदान गरिने संघले जनाएको छ ।

मेलाबाट अनुमानित आम्दानी रु. ९० लाखमा अनुमानित खर्च रु ८० लाख कटाउँदा रु. १० लाख बचत हुने अनुमान गरिएको छ । मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको हातेमालोमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनसँगै पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसका अन्तर्गतका लक्ष्मी हुण्डाइ, समृद्धि स्टिल्स र सुजल फुड्सको मुख्य प्रायोजनमा मेला हुनेछ । मुख्य सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, याक ब्रेविङ प्रालि, यती डिष्ट्रिलरी प्रालि र राष्ट्रिय वाणिज्य बैंक रहेको वरिष्ठ उपाध्यक्ष एवं प्रायोजन उपसमिति संयोजक गोकर्ण कार्कीले जानकारी दिए ।

मञ्च प्रायोजकमा दी नेपाल डिष्ट्रिलरी प्रालि, बीमा प्रायोजकम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड टिकट प्रायोजकमा नेपाल टेलिकम, हस्पिटल पार्टनरमा चरक मेमोरियलय हस्पिटल, पास प्रायोजकम यती इयरलायन्स, खानेपाी प्रायोकमा अन्नपूर्ण फुड्स एण्ड वेभरेज, रेडियो जिंगल प्रायोजकमा कर्माचार्य ग्रुपको कोेसेली तेल, इन्टरनेट पार्टनरमा पोरखा इन्टरनेट, डिजीटल पेमेण्ट पार्टनरमा खल्ती प्रालि, हस्पिटटालिटी पार्र्टनरमा कुटी रिसोर्ट, पोखरा बुटिक होटल छन् । प्रायोजकहरुमा रवि एण्ड सनी इडष्ट्रिज प्रालि, ग्लोबल आइएमी बैंक लिमिटेड, कृषि विकास बैंक, गरिमा विकास बैंक, गृहलक्ष्मी ग्यास कम्पनी प्रालि छन् ।

मेलाको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन् ।

You might also like

Comments are closed.