पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको लागि सुवेदी प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनमा बिन्दु कोइराला सुवेदीको प्यानल सार्वजनिक भएको छ । उनले अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेकी छन् । संघको प्रथम महिला अध्यक्ष भएर आफूले इतिहास रच्ने उनको दावी छ ।

उनको प्यानलले वरिष्ठ उपाध्यक्षमा भने पवन प्रजापतीलाई सघाउने भएका छन् । प्यानलको वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

प्यानलको महासचिवमा पूर्व कोषाध्यक्ष धनिराम बरालले उम्मेदवारी सार्वजनिक गरेका छन् । कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य तारानाथ ढुङ्गानाले उम्मेदवारी दिने भएका छन् । उपमहासचिवमा धर्मराज बर्तौलाले उम्मेदवारी दिदैछन् ।

footwear zone

सुवेदी प्यानलबाट कार्यसमिति सदस्यमा पवित्रा गुरुङ, विनोद के.सी, रामप्रसाद गौतम र उत्तम कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

You might also like

Comments are closed.