नारायण कोइराला प्यानलको घरदैलो सुरु

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसनमा प्यानल घोषणा गरेर चुनावमा होमिएको नारायण कोइरालाको टोलीले घरदैलो सुरु गरेको छ । पोखराको लामाचौरबाट बुधबार विहानदेखि घरदैलो सुरु गरिएको हो । लामाचौर, बाटुलेचौर, बगर, विन्ध्यवासिनी लगायतका क्षेत्रमा बुधबार व्यवसायीहरुसँग भेट्ने र आफ्ना एजेण्डा दिएर भोट माग्न थालिएको हो ।

प्यानल घोषणा भएकै दिनदेखि टोलीले आन्तरिक रुपमा व्यवसायीहरुसँग भेटघाटको क्रम तीब्र बनाएको छ । भेटका क्रममा सबैले सकारात्मक प्रतिक्रिया दिएको अध्यक्षका प्रत्यासी कोइरालाले बताए । कोभिडको यस्तो विषम परिस्थितिमा पनि उद्योग बाणिज्य संघले गरेको कामको मतदाताहरुले सम्मान गर्नुभएको छ । यद्यपी धेरै काम गर्न सकेनौं तर महामारी भनेर उद्योगी व्यवसायीको हकहितमा बोल्न छोडेनौं,’ उनले भने, ‘कार्यसमिति भित्र र बाहिर रहेर पोखराका उद्योगी व्यवसायीको हितका लागि गरेको काम देखाएर नै हामीले भोट मागरिहेका छौं ।’

उद्योग बाणिज्य संघको विगतको साखलाई बचाउँदै वर्तमान परिस्थिती अनुसार संघलाई परिस्कृत गर्दै लैजाने उनको प्रतिबद्धता छ । कोरोना महामारीका कारण प्रत्यक व्यवसाय र उद्योगमा पुग्ने अवस्था नरहेकोले चरणबद्ध कार्यक्रम गरिएको बाणिज्य उपाध्यक्षका उम्मेदवार तथा हालका महासचिव अर्जुन पोखरेलले बताए ।

footwear zone

‘सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा थियौं । त्यसो हुन सकेन,’ उनले भने, ‘तथापी घरघरै पुगेर जोखिम बढ्न सक्छ । सामाजिक सञ्जाल मार्फत भोटरहरुसँग जोडिने प्रयास गरेका छौं । यसलाई अन्यथा लिनुहुने छैन भन्ने विश्वास गरेका छौं ।’ पुस २४ र २५ गते हुने महाधिवेसनमा हालका बरिष्ठ उपाध्यक्षको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको हो ।

बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।

You might also like

Comments are closed.