पोखरा उद्योग वाणिज्य संघको शिक्षा उपसमितिले पायो पुर्णता

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघका विभिन्नि उप–समिति मध्य महत्वपुर्ण मानिने शिक्षा उप–समितिले पुर्णता पाएको छ । पोखरा उद्योग वाणिज्य संघका उप महासचिव तथा शिक्षा उप समितिका संयोजक केशव वहादुर खत्रीले समिति गठन गर्दै समितिको सह संयोजकमा पत्रकार तथा टुईन्स कलेक्सन बुद्ध विशाल बजारका मनोहरि पौडेललाई मनोनीत गरेका छन् ।

समितिको सदस्यहरूमा फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष तथा अमृता फेन्सीका राजु पौडेल, बुद्ध विशाल वजार व्यपारिक एशोसियसनका सचिव तथा बी बाकेलाल बुद्ध विशाल वजारका बुद्धि वहादुर कुवर, कपडा व्यवसायी समितिका पुर्व अध्यक्ष तथा सृष्टि साडी एण्ड फल्स महेन्द्रपुलका नविन नापित, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तथा न्यु लक्ष्मी स्टोर्स गैह्रापाटनका एकनारायण पनेरू, सांघुमुख व्यवसायी संघका अध्यक्ष तथा जय शुभम ट्रेड्रर्स सांघुको मुखका सुर्यराज त्रिपाठी, संजय एण्ड सन्देश इम्पोरियम हेम्जाका कृष्ण प्रसाद त्रिपाठी छन् ।

footwear zone

उपसमितिको सल्लाहकारमा पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरू रमेश कर्माचार्य र दिपक श्रेष्ठ छन् । पोखरा उद्योग वाणिज्य संघको माघ २२ गते बसेको कार्यसमितिको वैठकले विभिन्न उप समितिहरू गठन गरेको थियो ।

You might also like

Comments are closed.