भिसिटिएसमा मालवस्तु प्रविष्ट नगर्नेलाई जरिवाना

काठमाडौं । राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी मालवस्तु ढुवानी गरेका व्यवसायीलाई रु २४ लाख २५ हजार बराबरको जरिवाना गरेको छ ।

विभागले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी यही माघ ७ र ८ गते काठमाडौंको ढुङ्गेअड्डा र नयाँ सडकमा गरेको अनुगमनका क्रममा भिसिटिएस प्रणालीमा आवद्ध नगरी मालसामान ओसार पसार गरेको पाइएको जनाएको हो ।

व्यवसाय गर्ने सम्पूर्ण फर्म, संस्थाले व्यावसायिक प्रयोजनका लागि मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण प्रणालीमा अनिवार्य प्रविष्ट गर्न भनेको छ । विभागले हरिसिद्धि सिलाई केन्द्र, हिमाली टाइगर सुज, त्रिवेणी इम्पेक्स, बङ्गलामुखी स्टोर्स हिमगिरी ट्रेडिङ, युनाइटेड मार्केटिङ, गणपति ट्रेडिङ, विआर सुज सेन्टर, इगल टेक नेपाल, किरण सुज, मोर्डन स्लिपर, सदा शिव ट्रेडिङ, शुभ इन्टरनेशनल, हामे प्लस टे«ड, सूर्य प्याकर्स एण्ड सप्लायर्स, खत्री ढुङ्गा सप्लायर्स र ओम श्री मच्छिन्द्रनाथ इँटा उद्योगले भिसिटिएसमा मालवस्तु प्रविष्ट नगरी ढुवानी गरेको पाइएको विभागले जनाएको छ ।

footwear zone

विभागका अनुसार कूल १८ वटा त्यस्ता सप्लायर्सले सरकारले तोके अनुसारको व्यवहार नगरेको पाइएको छ ।

You might also like

Comments are closed.