काठमाडौं । पेनटेस्टर नेपालको नवौं वार्षिकोत्सवको अवसरमा शनिबार टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीमा साइवर सेक्युरिटी सम्वन्धि कार्यक्रम हुनेभएको छ ।
साइवर सेक्युरिटीमा उत्साही तथा रूचि राख्ने व्यक्ति कार्यक्रममा सहभागी हुनसक्ने छन् । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ ।
कार्यक्रममा साइवर सेक्युरिटी सम्वन्धी विभिन्न बिषयमा छलफल हुने टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका आइटी हेड सुमन थपलियाले जानकारी दिए ।






Comments are closed.