पिपुल्स पावरको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता सेयर बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । पिपुल्सको स्टक सिम्बोल पीपीएल रहेको छ ।

बिहीबार पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता भएको हो । पिपुल्स पावर लिमिटेडकोे प्राथमिक सेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत बिक्री खुल्ला भएको थियो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ६ लाख ३२ हजार ६ सय कित्ता (१० प्रतिशत), सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४ लाख ६७ हजार ४ सय कित्ता (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ प्रतिशत) सेयरसमेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण सेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको छ ।

footwear zone

कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्कालगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

You might also like

Comments are closed.