काठमाडौं । पर्फेक्ट फुड्स प्रालिले आफ्ना उत्पादन स्नोडेन्ट चुइनगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ट चुइनगमको विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् ।
यो चुइनगम रिफ्रेसिङ मिन्टले भरिएकाले धेरैले मन पराउने गरेको कम्पनीले जनाएको छ । मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा स्नोडेन्ट इन ब्याड ब्रेथ आउट भन्ने स्लोगन दिइएको कम्पनीले जनाएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेन्ट बढाउन स्नोडेन्ट चुइनगम पर्फेक्ट रहेको बताइउको छ ।
मिन्ट तथा मौसमी फ्लेबरमा भएको स्नोडेन्ट चुइन गम फुड्स लोकप्रिय ब्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा पर्फेक्ट फुड्सका ब्लास्ट, सेन्टर फ्लिज, स्नोडेन्ट, क्यान्डी बि क्यान्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने कम्पनीले जनाएको छ ।

मिन्टको रिफ्रेसिङ फ्लेबरले मलाई क्रिकेट खेल्दा वा प्राक्टिस गर्दा रिफ्रेसिङ बनाइ राख्ने सन्दिप लामिछानेले अनुभव सुनाए ।




Comments are closed.