काठमाडौं । पेट्रोनास लुब्रिकेन्ट्स बिक्री गरिरहेका नेपालका १३ वटा डिलरले थाइल्याण्ड ट्रिपको अवसर प्राप्त गरेका छन् । पेट्रोनासका लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रा.लि.ले गत आर्थिक वर्षको चौथो त्रैमासिक (वैशाखदेखि असारसम्म) सञ्चालन गरेको अभियानबाट उनीहरुले यो अवसर प्राप्त गरेका हुन् ।
५ दिन ४ रातको प्याकेजमा १३ डिलरका सञ्चालक तथा प्रतिनिधि थाइल्याण्ड जाने भएका छन् । नगरकोटमा आयोजित कार्यक्रममा थाइल्याण्ड टुर प्याकेज बिजेता घोषणा गरिएको हो । प्रकाश अटोमोबाइल्स बिर्तामोड, न्यु पाथिभरा ट्याक्टर पार्टस् दमक, एसएस ट्रेड एण्ड सप्लायर्स इटहरि, सम्पूर्ण मोटर्स पार्टस सर्लाही, गुगल अटोपार्टस एण्ड सप्लायस हेटौंडा, सत्यम सप्लायर्स प्रालि चितवन, सिद्धार्थ अटोटेक प्रालि बुटवल, नमोनारायण सप्लायर्स दाङ, विशेष अटोमोबाइल धनगढी, आरपि सप्लायर्स नुवाकोट, जयशिद्धि बिनाय अटोसेन्टर ओखलढुंगा, शिवशिखर इन्टरप्राइजेज काठमाडौं र कुमारी अटो ट्रेडिङ काठमाडौंले थाइल्याण्ड ट्रिप जितेको बिजनेश हेड श्याम पाण्डेले जानकारी दिए ।
आगामी दिनमा पनि कम्पनीले यस्ता विविध योजनाहरु ल्याउने कम्पनीले जनाएको छ । प्रालिका प्रवन्ध निर्देशक डिल्लिराज सुवेदीको अध्यक्षतामा तथा बतास अर्गनाइजेसनका भाइस प्रेसिडेन्ट एवं प्रवन्ध निर्देशक शान्तराज बतासको प्रमुख आतिथ्यतामा, ग्रुप सिएफओ गोपाल दिक्षीत, बनेपा नगरप्रुमख एवं पेट्रोनासका लागि बनेपाको डिलर चैत्यलक्ष्मी इन्टरनेशनल प्रालिका सञ्चालक शान्तिरत्न शाक्य लगायतको उपस्थितिमा कार्यक्रम भएको बिजनेस हेड श्याम पाण्डेले जानकारी दिए ।

सो अवसरमा प्रालिका पेट्रोनास सेल्स हेड अभिशेक अधिकारीले मिसन १००० अभियानका बारेमा सहभागीलाई जानकारी गराएका थिए । यो वर्ष १० लाख लिटर पेट्रोनास लुब्रिकेन्ट बिक्री गर्ने लक्ष्यसहित मिसन १००० को कार्ययोजना प्रस्तुत गरेका थिए ।





Comments are closed.