शुरु भयो पेट्रोनास स्प्रिन्डा-चाय पकौडा ब्रेकफास्ट राइड

काठमाडौं ।  पेट्रोनास स्प्रिन्डा – चाय पकौडा ब्रेकफास्ट राइड शुरु भएको छ । बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक शान्तराज बतास र त्रिथुंगाका प्रवन्ध निर्देशक शिशिर सुवेदीले राइडको उद्घाटन गरेका हुन् ।

राइडमा नेपाल र भारतका गरि करिव २ सय बाइकको सहभागीता रहेको त्रिथुंगा ट्रेडिङ प्रालिका बिजनेश हेड श्याम पाण्डेले जानकारी दिए । ढुङ्गेअड्डास्थित त्रिथुङ्गा कम्प्लेक्स (पेट्रोनास कार्यालय) बाट सुरु भएको राइड धुलिखेलस्थित मीराबेल रिसोर्टमा ब्रेकफास्ट गरी समापन हुने छ ।

बतास समुह अन्तर्गत त्रिथुङ्गा ट्रेडिङ प्रा.लि र पेट्रोनास ल्युब्रिकेन्ट इन्डिया प्रा.लि को संयुक्त आयोजनामा भएको पेट्रोनास स्प्रिन्डा – चाइ पकौडा ब्रेकफास्ट राइडलाई इण्डिया बाइक वीक (आईबीडब्ल्यू) र काठमाणडौं लेजेन्डको संयुक्त सहकार्यमा नेपालमा पहिलो पटक आयोजना भएको हो।

footwear zone

कार्यक्रम भारतमा हुँदै आइरहेको पेट्रोनास स्प्रिन्टा चाय पकौडा ब्रेकफास्ट राइड इण्डिया बाइक वीक (आईबीडब्ल्यू)ले समय समयमा बर्षै भरी नै आयोजना गर्दै आइरहेको छ र यो संस्करण नेपालमा पहिलो पटक भएको हो।

“पेट्रोनास स्प्रिन्डा – चाय पकौडा ब्रेकफास्ट राइड कार्यक्रमले बिभिन्न क्षेत्रका बाइकरहरलाई एकै ठाउँमा भेला गराई मित्रता बढाउन काम गर्दछ, साथै आन्तरिक पर्यटनमा समेत टेवा पुयाउने काम गर्दछ । यस कार्यक्रमको आयोजना गर्दा हामी निकै उत्साहित छौँ र यस कार्यक्रममा उत्साहजनक सहभागिता रहेको छ”  पाण्डेले भने ।

पेट्रोनास, ग्लोबल र्फट्युन ५०० अन्र्तगतको बहुप्रतिष्ठित कम्पनी हो । यसले प्राकृतिक ग्याँस साथै, पेट्रोलियम उत्पादनहरु सयौ देशमा बिक्री बितरण गर्दै आएको छ । यस मध्य पेट्रोनास ल्युब्रिकेन्टले २ पांग्रे, ३ पांग्रे, ४ पांग्रे र अन्य सवारी साधनको साथै कारखानाहरुमा प्रयोग हुने ल्युब्रिकेन्ट आयल उत्पादन गरी बिक्री बितरण गर्दै आएको छ जस्मा २ पांग्रेमा प्रयोग हुने इन्जिन आयललाई पेट्रोनास स्प्रिन्डा भनिन्छ, त्यस्तै गरी ४ पांग्रेमा प्रयोग हुने लाई पेट्रोनास सिनिटम भनिन्छ र ठुलो गाडीमा लाग्ने इन्जिन आयललाई पेट्रोनास यूरानिया भनिन्छ । यस्का साथै हाइड्रोलिक आयललाई हाइड्रोलिक भनिन्छ र ट्रान्समिसन आयललाई TUTELA TRANSMISSION भनिन्छ ।

You might also like

Comments are closed.