‘परामर्श व्यवसायका समस्याहरुको दीर्घकालीन समाधान जरुरी छ’

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सचिवमा युवा व्यवसायी फिलिप डिसीले उम्मेदवारी घोषणा गरेका छन् । राइटपाथ करियर काउन्सिलिङका संस्थापक सीईओ डिसीले शैक्षिक परामर्श व्यवसायमा देखिएका समस्या समाधानको एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

‘परामर्श व्यवसायमा धेरै समस्याहरु पर्दै आइरहेको छन् । ती समस्याहरुको दीर्घकालीन समाधान जरुरी छ,’ उनले भने, ‘सरकारका कारण हामीले समय समयमा विभिन्न दुःखहरु पाउँदै आइरहेका छौं । नीतिगत तहसम्म नै लबिङ गरेर समस्या समाधानमा जोड दिनुपर्छ ।’

शिक्षा क्षेत्रबाट राज्यले धेरै फाइदा लिनसक्ने बताउँछन् उनी । ‘विद्यार्थी विदेश पढ्न गइरहेका छन् । यहाँको शिक्षा क्षेत्रमा आमूल परिर्वतन गर्नसकेमा विदेशी विद्यार्थी भित्र्याउनसमेत सकिन्छ,’ उनले भने ।

footwear zone

धरौटीको समस्या र एनओसीले बेलाबेलामा परामर्श व्यवसायीलाई दुःख दिने काम गरेको बताउँदै उनले इक्यानको सचिव भएर त्यसको समाधानमा पहल गनेए उनको प्रतिबद्धता छ ।

इक्यानको निर्वाचन असार ३० गते हुँदैछ ।

You might also like

Comments are closed.