काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ ।
ब्राण्डवर्थ प्रालिकले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो । कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए । यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनको भनाइ छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताए । विशेषगरि कोरोना कालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताए । १/२ बर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउथ्यो । तर, आज त्यस्तो प्रश्न आउने अवस्था नभएको उनले बताए । यद्यपि, डिजिटाइजेशनमा गर्नुपर्ने कामहरु धरै रहेको बताउदै उनले त्यसको लागि राष्ट्र बैंक सकरात्मक रहेको बताए ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि-नोट स्पीच प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए ।
कन्क्लेभमा बिभिन्न ४ शतमा बिभिन्न बिषयमा प्यान डिसकशन पनि गरिएको थियो । जसमा पहिलो शत्रको ‘बदलियो समय, बदलियो अर्थतन्त्र’ विषयक प्यानल डिसकसना नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढंगाना, सूचना सञ्चार तथा प्रविधि मन्त्रालयका सह सचिव उत्तरकुमार खत्री र अर्थमन्त्रालयका सह सचिव महेश आचार्य वक्ताका रुपमा रहेका थिए ।
कार्यक्रमलाई समृद्धि फाउन्डेशनका दिपेन्द्र चौलागाईले मोड्रेसन गरेका थिए । छलफलमा उनिहरुले डिजिटल अर्थतन्त्रको विकास गर्न पुर्वाधारको विकास गर्नुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्र डिजिटलाइज भइरहेकोले त्यसलाई पुर्णता दिन डेटा सेन्टरलगायतका पुर्वाधारको विकास गर्नुपर्ने उनिहरुको भनाइ थियो । आवश्यक पुर्वाधारको विकास गर्न सके अर्थतन्त्रको डिजिटाइजेशनमा थप फड्को मारिने उनिहरुको भनाइ छ ।
यस्तै दोस्रो शत्रमा ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो । विश्व बैंकका सिनियर डिजिटल स्पेसलिष्ट सिद्धार्थराज मोडियटर रहेको छलफलमा, इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे वक्ता थिए । उक्त शत्रमा डिजिटल इकोनोमीमा महिलाहरुलाई अवसर पुर्याउने विषयमा छलफल भएको थियो । अहिलेको इको सिस्टम मेल डोमिनेट भएको बताउँदै त्यसलाई महिलामैत्री बनाउनुपर्ने उनीहरुको माग थियो ।
त्यस्तै तश ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ? विषयमा छलफल भएको थियो । पत्रकार जनार्दन बरालले मोडिएटर गरेको कार्यक्रममा सफल पार्टनर्सका फाउण्डर आसुतोष तिवारी, नेपाल इनफ्रास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राना वक्ता थिए ।
त्यस्तै, चौथो सत्रमा हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा छलफल भएको थियो । नविल बैंकका सिइओ अनिलकेशरी शाहले मोडिएटर गरेको उक्त शत्रमा अआइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिदी सिग्देल, अवसर इक्वीटीका अध्यक्ष लोकेश टोडी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी सिइओ उषा खतिवडा वक्ता थिए ।




Comments are closed.