राष्ट्रिय फोटो पत्रकार समूहमा वन्त

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को अध्यक्षमा राससका फोटो पत्रकार प्रदीपराज वन्त निर्वाचित भएका छन् । बुबधार सम्पन्न १२औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव रजत जयन्तीबाट वन्तको नेतृत्वमा सर्वसम्मत नयाँ समिति बनेको हो ।

वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे छन् ।

केन्द्रीय सदस्यहरूमा अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, वारखारिका हरिश सिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहा खवरकी शिला तिमिल्सिना, नयाँ पेजका प्रबिण कुलुङ राई, नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन ।

footwear zone

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन शत्र भएको हो ।

You might also like

Comments are closed.