काठमाडौं । पायोनियर मोटोकर्प प्रा.लि. नेपालले दुई वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । प्रेसिडेन्ट राइजिङ स्टार अवार्ड र प्रेसिडेन्ट इन्नोभेसन अवार्ड प्राप्त गरेको छ । निशान ग्रुप अफ इण्डियाले उक्त अवार्ड प्रदान गरेको हो ।
साउथ एसियाका देशहरु मध्येमा राम्रो संख्यामा नेपालमा निशान गाडी बिक्री गर्न सफल भएकाले पायोनियर मोटोकर्पलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।
सर्वाधिक गाडी बिक्री गरेकाले प्रेसिडेन्ट राइजिङ स्टार अवार्ड र इलेक्ट्रिक भेइकल लिफको लन्च गरेकाले तथा नभरा प्रो 4X लाई लाइफस्टायल भेइकलको रुपमा मान्यता दिएकोमा प्रेसिडेन्ट इन्नोभेसन अवार्ड प्रदान गरिएको हो ।

पायोनियर मोटोकर्पले नेपालमा बिगत ५ वर्षदेखि बिक्री निशान र ड्याट्सन गाडी बिक्री वितरण गर्दै आइरहेको छ । देशभर १९ वटा डिलरहरुमार्फत यी गाडी बिक्री हुन्छन् । गाडी बिक्रीसँगै बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
निशानका किक्स, म्याग्नाइट, लिफ, नभारा, एक्स्ट्रेल, पट्रोल, ड्याट्सनको रेडिगो र गो लगायतका गाडी नेपाली बजारमा उपलब्ध छन् । जापनीज प्रविधिका यी गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् । म्याग्नाइट भित्रिएपछि नेपालमा निशान गाडीको बिक्री अत्याधिक बढेको पाइन्छ।




Comments are closed.