मुस्ताङचोकमा रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै, युवा उद्यमीहरुले खोले पिज्जा गार्डेन

पोखरा । पोखराको मुस्ताङचोक पछिल्लो समय व्यावसायिक हब बन्दै गइरहेको छ । विशेषगरी रेष्टुरेन्ट व्यवसाय यो ठाउँमा फस्टाइरहेको छ । पुरानो विमानस्थलबाट नजिकै रहेको मुस्ताङचोकमा व्यावसायिक सम्भावना बढेसँगै लगानीकर्ताहरुको आकर्षण पनि देखिएको छ ।

यसैक्रममा पोखराका युवा व्यवसायीहरुको लगानीमा गुडनेस पिज्जा गार्डेन मुस्ताङचोकमा खुलेको छ । लेकसाइडको प्रतिष्ठित पिज्जा ब्राण्ड बेस्ट गड फादर पिज्जेरियाको शाखाका रुपमा गुडनेस पिज्जा गार्डेन सञ्चालनमा आएको हो । पिज्जा गार्डेनको शनिबार एक कार्यक्रमबीच पूर्व मन्त्री तथा प्रदेश सांसद विन्दुकुमार र नेपाली युवा उद्यमी मञ्च पोखराका च्याप्टरका अध्यक्ष निरन केसीले उद्घाटन गरेका छन् ।

युवा व्यवसायी किशोर अधिकारी र शर्मिला रेग्मी अधिकारीको लगानीमा सञ्चालनमा आएको पिज्जा गार्डेन पिज्जासँगै खाना तथा खाजाका परिकारहरु ग्राहकको अर्डर अनुसार उपलब्ध छन् । बिगत ११ वर्षको व्यापारिक अनुभवलाई थप परिस्कृत गर्दै पिज्जा गार्डेन सञ्चालनमा ल्याइएको सञ्चालक शर्मिला रेग्मी अधिकारीले जानकारी दिइन् ।

footwear zone

युवाहरु विदेश पलायन भइरहेको अवस्थामा आफ्नै देशमा केही गर्नुुपर्छ भन्ने सोचका साथ लगानी गरेको अर्का लगानीकर्ता किशोर अधिकारीले बताए ।

पिज्जा गार्डेनले ग्राहकको सुविधालाई ध्यानमा राखी पोखरा क्षेत्रमा होम डेलिभरी सुविधासमेत उपलब्ध गराएको अधिकारीले जानकारी दिए ।

यसैबीच पिज्जा गार्डेनले तिज अफर ल्याएको छ । तिजको कार्यक्रमका लागि बुकिङ खुल्ला रहेको र विशेष छुटमा सेवा प्रदान हुने सञ्चालकहरुले बताएका छन् ।

You might also like

Comments are closed.