पोखरा । पोखराको मुस्ताङचोकमा गुडनेस पिज्जा गार्डेन सञ्चालनमा आएको छ । लेकसाइडको प्रतिष्ठित प्रिज्जा ब्राण्ड बेस्ट गड फादर पिज्जेरियाको शाखाका रुपमा गुडनेस पिज्जा गार्डेन सञ्चालनमा आएको छ ।
युवा व्यवसायी किशोर अधिकारी र शर्मिला रेग्मी अधिकारीको लगानीमा पिज्जा गार्डेन सञ्चालनमा आएको हो ।
पिज्जा गार्डेनको शनिबार एक कार्यक्रमबीच पूर्व मन्त्री तथा प्रदेश सांसद विन्दुकुमार थापा र नेपाली युवा उद्यमी मञ्च पोखराका च्याप्टरका अध्यक्ष निरन केसीले उद्घाटन गर्ने कार्यक्रम छ ।

बिगत ११ वर्षको व्यापारिक अनुभवलाई थप परिस्कृत गर्दै पिज्जा गार्डेन सञ्चालनमा ल्याइएको सञ्चालक शर्मिला रेग्मी अधिकारीले जानकारी दिइन् । युवा उद्यमी प्रोत्साहित गर्ने अभिप्रायसहित पिज्जा गार्डेन सञ्चालनमा ल्याइएको अर्का सञ्चालक किशोर अधिकारीले बताए ।
सुपथ मूल्यमा पिज्जा लगायतका खाना तथा खाजाका परिकार उपलब्ध रहेको बताइएको छ । पोखरामा होम डेलिभरी सुविधासमेत उपलब्ध रहेको उनले जानकारी दिए ।




Comments are closed.