काठमाडौं । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले सर्वसाधरणलाई सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । ५ लाख कित्ता शेयर जारी गर्नका लागि कम्पनीले प्रभू क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । पूर्वाञ्चल ल्यूब आयलका तर्फबाट प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभू क्यापिटलका तर्फबाट प्रवन्ध सञ्चालक दीनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सुन्दरहरैचा ९ मोरुङ बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्यूब आयलले बिगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र ५ हजार भन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । २ लाख भन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको बताइएको छ ।

विदेशी लुब्रिकेन्टलाई बिस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आइरहेको छ ।






Comments are closed.