पोखरा । पोखरा महानगरपालिकाले वडा न १८, ३३ लगायतका सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा हटाएको छ । महानगरले उनिहरुलाई स्थानीय प्रशासनको सहयोगमा ठाउँ खाली गर्न पटकपटक अनुरोध गर्दा पनि अटेरी गरेपछि ७ दिनको सूचना दिएर सार्वजनिक जग्गा खाली गराइएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
महानगरले महानगरपालिका क्षेत्रमा सुकुम्बासीका रुपमा बिगत ६ महिना अघिबाट विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका वास्तविक भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरि भूमि आयोगको सिस्टममा करिब २० हजार आबेदनहरुको अपलोड गरिरहेको उनले बताए ।
साथै उनले सकेसम्म छिटो सुकुम्बासी समस्या समाधान गरि वास्तविक भुमिहीन एवं सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नेमा महानगर प्रतिवद्ध रहेको बताए ।

‘हटाईएका मध्य कोहि पनि ब्यक्ति सुकुम्बासी होइनन्, उनले भने । महानगरले नीति नियम संगत आफ्नो काम गरेको भए पनि कतिपयले भने बर्खायामको समयमा भूमिहीन सुकुम्बासीलाई घरबार बिहीन बनाएको भन्दै महानगरको आलोचना गरेका छन् ।




Comments are closed.