‘रोटरी इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा’ शीर्षकमा गोष्ठी हुँदै

पोखरा । ‘रोटरी इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा’ शीर्षकमा पोखरामा एक दिने गोष्ठी हुने भएको छ । बाबा फाउण्डेसन नेपाल र पोखरास्थित सबै रोटरी क्लबहरुको संयुक्त आयोजनामा लेकसाइडस्थित कुटी रिसोर्टमा कात्तिक १३ गते शनिबार कार्यक्रम हुने कार्यक्रम संयोजक दिलीपराज श्रेष्ठले जानकारी दिए ।
टेक्निकल सेसनअन्तर्गत रोड सेफ्टी एण्ड अर्वन कन्सर्नमा नुगल आनन्द वैद्य, रोडसाइड प्लान्टेसनमा ध्रुव आचार्य, दरबारमार्ग रोड डेमो प्रोजेक्टमा गोपाल कक्षपती र साइकल फ्रेण्ड्ली सिटीमा सोम रानाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
footwear zone
कार्यक्रममा रोड सेफ्टी काउन्सिल प्रोस्पेटिभमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सरोजकुमार प्रधान, सिएसआर प्रोस्पेक्टिभमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, टुरिजम एण्ड इकोनोमिक प्रोस्पेक्टिभमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, ट्राफिक म्यानेजमेन्ट प्रोस्पेक्टिभमा एसपी प्रभु ढकाल, डिपार्टमेन्ट अफ रोड प्रोस्पेक्टिभमा देवकुमार तामाङ, पोखरा म्युनिसिपालिटी प्रोस्पेक्टिभमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सिटी प्लानिङ प्रोस्पेक्टिभमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्यानलिष्टको भूमिका निर्वाह गर्ने रोटरीका डिष्ट्रिक्ट पब्लिक इमेज कमिटि चियर रविप्रसाद बरालले जानकारी दिए ।
गोष्ठीबाट ‘रोड इनिसियटिभ फर स्मार्ट मोबिलिटी इन पोखरा’ शीर्षकमा पोखरा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताए । ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने । पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आउने तयारी भइरहँदा पोखरालाई स्मार्ट सिटी बनाउन अहिलेबाटै पहल गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।
कार्यक्रम सफल पार्न बाबा फाउण्डेसनका अध्यक्ष एवं रोटरी क्लब अफ पोखरा न्युरोडका पूर्व अध्यक्ष दिलीपराज श्रेष्ठको संंयोजकत्वमा २० सदस्यीय आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।
कार्यक्रमको कर्पोरेट पार्टनरमा किसान पाइप प्रोडक्स प्रालि, हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र मुन डान्स रेष्टुरेन्ट, सपोर्टिङ पार्टनरमा नेपाल मंगला बुक सप रहेका छन् ।

You might also like

Comments are closed.