पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा पोखराका मुख्य शहरी क्षेत्रमा सार्वजनिक सौचालय निर्माण अभियान चलाउने भएको छ । शहरी क्षेत्रमा सार्वजनिक सौचालय आवश्यक भएकाले निर्माण अभियान अगाडि बढाइएको मेयर धनराज आचार्यले बताएका छन् ।
मुख्य शहरी क्षेत्रमा सौचालय निर्माण नहुँदासम्मका लागि व्यक्ति तथा संस्थाका सौचालयलाई सार्वजनिक प्रयोजनका लागि प्रयोगमा दिन महानगरले आग्रह गरेको छ ।
महानगरले सूचना जारी गर्दै सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन ईच्छुक व्यक्ति तथा संस्थालाई महानगरको सम्पर्कमा आउन आह्वान गरिएको छ ।

‘यहाँको सहमति हुन सक्ने भएमा महानगरपालिकाका कर्मचारीहरु हजुरको सम्पर्कमा आउनुहुनेछ । दुईपक्षीय समझदारी पत्र यहाँको घर तथा अफिसमा नै आएर गराइनेछ,’ मेयर आचार्यले भनेका छन् । ‘यो सेवा बढिमा १ वर्षका लागि आह्वान गरिएको छ । यस वर्ष मुख्य शहरी क्षेत्रमा सार्वजनिक सौचालय अभियानका रुपमा निर्माण गरिने छ ।’




Comments are closed.