प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु

पोखरा । प्रथम महानगर मेयर सम्मेलन शुक्रबारदेखि पोखरामा शुरु भएको छ। संघीय राज्य व्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वर्द्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्नेगरि सम्मेलनको आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

सम्मेलनमा देशका ६ ठुला स्थानिय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता छ । सम्मेलनमा पोखरालगायत काडमाडौं, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकाको प्रतिनिधित्व छ ।

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एवं क्षेत्रिय योजनाकार डां जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा मुख्य प्रस्तुती राखेका छन् । महानगरपालिकाका प्रमुखहरुद्वारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरुबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरुका सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्ने छन् ।

footwear zone

त्यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरुबारे आफ्नो अनुभव राख्ने छन् ।
सम्मेलनको दोस्रो दिन शनिबार भने पुर्वाधार विज्ञ डा. सुर्यराज आचार्यद्वारा महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा. अजयचन्द्र लाल र सरोज बस्नेतद्वारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्वारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलन पोखरा घोषणा पत्र जारीसंगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई मेट्रो मिट नेपाल अंकित झण्डा हस्तान्तरण गरि समापन हुनेछ । आगामी मेयर सम्मेलन ललितपुरमा हुनेछ ।

You might also like

Comments are closed.