यति एअरलाईन्सले गर्‍यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो प्रदर्शन उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको पहिलो प्रदर्शन उडान सफलता पुर्वक सम्पन्न भएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

एयरलाइन्स दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको थियो। ९ एन-एएनसीको विमानका पाइटल प्रमोदराज पौडेल र कमल केसी रहेका थिए ।

प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ।

footwear zone

विमानस्थलमा बुद्ध एयरले पनि दिउँसो ३ः६ बजे विमानस्थलमा अवतरण गरेको छ । प्रदर्शन उडानमा पोखराका पर्यटन व्यवसायी, उद्योगी, निजी क्षेत्रका प्रतिनिधि, पत्रकारलगायतको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.