‘एक व्यक्ति, एक अक्सिजन सिलिन्डर’ अभियान

पोखरा । पोखरा चेम्वर अफ कमर्स कास्कीले ‘एक व्यक्ति, एक अक्सिजन सिलिन्डर’ अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । यस अभियानमा विभीन्न संस्था तथा व्यक्तिले सहयोग गर्ने क्रम जारी छ।

पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आइतबार एक प्रेस नोट जारि गर्दै सो जानकारी दिएका हुन् । सुनारले सो अभियान अन्तर्गत कास्की पोखरा समाज जापानको सहयोगमा पोखरा चेम्वरको समन्वयमा सात लाख रुपैया बराबरको ५ ० वटा सिलिन्डर उपलब्ध गराइसकेको र आर्थिक सहयोग जुट्ने क्रम जारि रहेको जानकारी दिए ।

संकलित आर्थिक सहयोग वाट कास्कीका बिभिन्न स्थानीय तहलाइ एक हप्ता भित्र स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलीन्डर हस्तान्तरण गरिने योजना रहेको कार्यक्रम संयोजक प्रेम सुबेदीले जानकारी दिए । यसअघि पोखरा चेम्वर अफ कमर्स कास्कीले दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा पोखरा चेम्वरको सामाजिक उत्तरदायित्व अन्तर्गतः पोखरा चेम्वर हेल्प डेस्क स्थापना गरि कार्य प्रारम्भ गरिसकेको छ ।

footwear zone

उक्त हेल्प डेस्क मार्फत विभिन्न समितिहरु निर्माण गरि दोस्रो चरणको कोरोना माहामारी व्यवस्थापनमा स्थानिय तह लाई सहजिकरण तथा आम नागरिकको जीवन रक्षाका लागी यस वीचमा अत्यावश्यक वस्तु तथा सेवा संचालन गर्ने व्यवसाय लाई सहजिकरण गर्ने कार्य समेत गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.