गण्डकीका मुख्यमन्त्रीसँग ब्याजदर घटाउन पहल गरिदिन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग बैंक तथा वित्तीय संस्थाहरुले एक्कासी बढाएको ब्याजदर घटाउनको लागि सहजीकरण गरिदिन आग्रह गरेको छ।

संघका अध्यक्ष पवनकुमार प्रजापति, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की ,महासचिव बलराम आचार्य तथा उपमहासचिव शोभा गौतमसहितको प्रतिनिधिमण्डले मंगलबार मुख्यमन्त्री नेपालीलाई भेटेर सो आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य संघसहित देशका निजी क्षेत्रसँग सम्बद्ध संघ÷संस्थाहरुले आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन्। पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्नेलगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

footwear zone

आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १ सय १ सदस्यीय संघर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए । भेटको क्रममा मुख्यमन्त्री नेपालीले बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए ।

‘यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुका प्रमुखहरुसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ’,मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै महासचिव आचार्यले भने,‘ मुख्यमन्त्रीज्यूले निजी क्षेत्रले उठाएका मागहरु जायज छन् र ब्याजदर घट्नैपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।’ प्रतिनिधिमण्डले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी उक्त समस्याबारे जानकारी गराएको छ ।

You might also like

Comments are closed.