पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको वार्षिकोत्सवमा रक्तदान

 

पोखरा । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ, कास्कीको २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक बिदुर सापकोटाले जानकारी दिए ।

प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद कोईरालाले संघका आजिवन सदस्य तथा कार्यसमिति सदस्य विजय पाठकलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

footwear zone

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष किरण ढकाल, सल्लाहकार मनोहर श्रेष्ठ, निवर्तमान अध्यक्ष उदयबहादुर के.सी लगायतले बोलेका थिए । संघका अध्यक्ष दधिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पोषबहादुर भुजेलले गरेका थिए ।

You might also like

Comments are closed.