पोखरा । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ, कास्कीको अध्यक्षमा दधिराम दाहाल निर्वाचित भएका छन् । दाहालले १०३ मत प्राप्त गरेर अध्यक्षमा बिजयी भएका हुन् भने अर्का उम्मेदवार चिन्तामणी खरेलले ४६ मत ल्याएका छन् ।
त्यसैगरी १०७ मत प्राप्त गरी प्रथम उपाध्यक्षमा किरण ढकाल विजयी भएका छन् । अर्का उम्मेदवार कृष्णराज अधिकारीले ३६ मत ल्याएका छन् । द्धितिय उपाध्यक्षमा नबिनराज बराल ९४ मत सहित विजयी भए भने प्रतिश्पर्धी बिष्णुनारायण श्रेष्ठले ५१ मत ल्याएका छन् ।
संघको महासचिव पोष बहादुर भुजेल, सचिव चेत नारायण पोख्रेल रहेका छन् भने कोषाध्यक्षमा ५८ मत सहित तिर्थराज देवकोटा निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा होम बिलास सापकोटा, बिदुर सापकोटा, बिजय पाठक, जनक राज सुबेदी, रामचन्द्र पाण्डे, दीपक भट्टराई र नवराज देवकोटा चयन भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको प्रमुख आतिथ्यतामा संघको २०औं साधारणसभा तथा १० औं अधिवेशन भएको हो ।




Comments are closed.