पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा । एघारौं पोखरा महोत्सवमा शनिवार दर्शकको भीड लागेको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको चौथो दिन शनिवार दर्शकको भीड लागेको हो । शनिवार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा दर्शकको भीड संगै आर्थिक कारोबार समेत बढ्दै गइरहेको छ ।

महोत्सवमा घोडसावर, महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको व्यवस्था मिलाइएको छ । त्यसैगरी महोत्सव स्थलमै टिकटक बनाइ पुरस्कारको ब्यवथा गरिएकाले पनि दर्शकहरु आकर्षित भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा आइतबार माघे संक्रान्तिको अवसर पारी महोत्सव स्थलमा रहेको रेष्टुरेन्टहरुमा माघे संक्रान्तिको अवसरमा खाइने परिकारहरु तरुल, सख्खर, चाकु, खिचडी, बटुक लगायतका परिकारहरु उपलब्ध हुनेछन् ।

महोत्सवमा शनिवार लोकदोहोरी कलाकार प्रकाश सपुतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । सपुतको पञ्चेबाजा, गलबन्दी लगायतका गीतमार्फत दर्शकहरुले नाचेर र गाएर मनोरन्जन लिएका थिए । सपुत संगै लोकदोहोरी गायक जीवन दाहाल, शिवहरी ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती मार्फत युवाहरुले मनोरञ्जन लिएका थिए ।

footwear zone

महोत्सवमा आइतवार लोकदोहोरी तर्फ राजु परियार, प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, दिलु लामा, निश्चल थापा, प्रीन्स लम्साल, तुलासा जिसी लगायतको प्रस्तुती रहनेछनभने सांझको लाइभ ब्यान्ड तर्फ छेवाङ लामाको प्रस्तुती रहने छ ।

You might also like

Comments are closed.