पोखरा । पोखरेलीले लामो समयदेखि प्रतीक्षा गरिरहेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) को तयारी भएको छ। क्यालिब्रेसन उडान गर्न थाई कम्पनीको जहाज पोखरामा शनिबार बिहान आइसकेको छ।
मंसिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रेसन उडानको तयारी पूरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए। सोमबारदेखि क्यालिब्रेसन उडान हुन लागेको हो।
हरेक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र साढे दुई बजेदेखि साढे पाँच बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यदलको सदस्य सचिव अनुप जोशीले जानकारी दिए।

क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक इक्युपमेण्ट चेकजाँचको काम विज्ञले गरिरहेको जोशीले बताए । क्यालिब्रेसन फ्लाइटको समयमा नियमित उडान भने प्रभावित हुने जनाइएको छ।
नियमित उडान सुरु हुनुअघि विमानस्थल प्राविधिकलगायत हरेक पक्षमा तयार रहे नरहेको प्रमाणित गर्न क्यालिब्रेसन उडान हुन लागेको हो। क्यालिब्रेसन उडान सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरूले उडान र अवतरण गर्न सक्ने छन्।




Comments are closed.