पोखरा महानगर र एडिबीबीच सम्झौता

पोखरा । पोखरा महानगरपालिका र एसियन डेभलपमेन्ट बैंक (एडिबी) बीच दिगो पर्यटन विकासमा केन्द्रित रहि दिर्घकालिन महत्वका १५ वटा परियोजनाहरु सम्पन्न गर्ने गरि दुई पक्षिय सम्झौता भएको छ ।

यस सम्झौता अनुसार एडिबीले ३ वर्ष भित्र परियोजनाहरु सम्पन्न गर्न अर्वौको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने छ ।

समयमै परियोजनाहरु सम्पन्न भई सांस्कृतिक दृष्टिले समेत महत्वपुर्ण केन्द्रको रुपमा रहेको मुलुककै पर्यटकीय राजधानी पोखरालाई थप समुन्नत, समृद्ध, आधुनिक अनि आकर्षणको केन्द्र शहरकाको रुपमा स्थापित गर्ने विश्वास बढेको छ।

footwear zone

You might also like

Comments are closed.