पार्किङ शुल्क विरुद्ध नागरिक समाज

 

पोखरा । पोखरा महानगरपालिकाले आम नागरिकलाई असर पर्ने गरी लगाएको पार्किङ शुल्क ठेक्का विरुद्ध ध्यानकर्षण गराइएको छ । सार्वजर्निक सडक, पेटी किनारामा रहेको खाली ठाउँलाई पार्किङस्थलको रुपमा शुल्क उठाउँदा आमनागरिकलाई गम्भिर असर परेको नागरिक समाज कास्कीले जनाएको छ ।

समाजका तर्फबाट संयोजक इन्द्र कमल मानन्धर सहितको टोली महानगर पुगी प्रमुख मानबहादुर जि.सी.लाई ध्यानकर्षण पत्र मार्फत सुन्दर नगरी पोखरालाई व्यवस्थित पार्किङ र उचित स्थानमा शुल्क पार्किङ एरिया राख्नसमेत माग गरिएको छ ।

footwear zone

जथाभावी रुपमा शुल्क उठाउँदा नागरिक अधिकार माथिनै प्रश्न उठेको र महानगरको सेवामा असर परेकोले सचेत हुन आग्रह गरिएको छ । सो पत्र बुझ्दै महानगरका प्रमुख मान बहादुर जि.सी.ले पोखरालाई व्यवस्थित गर्न निजी सवारी साधन प्रयोगकर्ताले साधनको व्यवस्थापनमा ध्यान दिन नसक्दा ट्रार्पिmक व्यवस्थापनमा समस्या परेकोले नागरिक समाजले सहयोग गर्नुपर्ने बताए । सोही अवसरमा नागरिक समाजका पूर्व संयोजक विष्णुहरी अधिकारी, प्रवक्ता गोकुल कार्की, सल्लाकार शशी तुलाचन लगायतले पार्किङ र शुल्क व्यवस्थित रुपमा गरिनुपर्ने बताए ।

You might also like

Comments are closed.