पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए ।

‘कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौं,’ उनले भने । दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता, विसं २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’ भन्दै २३आँै संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए । उनले गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गरे । उनले पोखरा सुरक्षित र खुला भन्ने सन्देश पनि महोत्सवबाट जाने बताए ।
आयोजकका अनुसार पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै पोखराको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन गरेर मनाइने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ ।

footwear zone

पोखराको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई, सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजङ्ग कार्की, सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ ।

You might also like

Comments are closed.