काठमाडौं । केही महिना यता नेपालमा पानी पर्न सकेको छैन जसको कारण अहिले देशभर प्रदुषण बढिरहेको छ । केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको मौसम बिदले जानकारी दिएका छन् । ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण काठमाडौ, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाकारी दिएको छ ।त्यस्तै तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको महाशाखाले जनाएको छ ।
हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौं, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १ सय ५३ रहेको छ । यस्तै भक्तपुरको १ सय ५४, तुलसीपुरको १ सय आठ र धनकुटाको १ सय छ रहेको छ ।

एक्यूआई सूचकांक सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ ।
उक्त सूचकाङ्कअनुसार १ सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ ।




Comments are closed.