आलुको उत्पादन घट्ने    

 

चितवन । जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यस वर्ष आलु उत्पादन घट्ने बताए । उनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । जसमा ३५ हजार ७३२ दशमलव १६ मेट्रिक टन आलु उत्पादन हुने अनुमान कार्यालयको रहेको छ । गत वर्ष सोही त्पादकत्व घटेर १८ दशमलव २४ मेट्रिक टनमा आउने अनुमान गरिएको उनले जानकारी दिए ।

footwear zone

आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । उनले भने, “आलु थन्क्याउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो ।” जिल्लामा विशेषगरी आलु खेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्क्याउने समयमा पानी परेसँगै बारीमा रहेको आलुमा कुहिने समस्या देखिने उनले जानकारी दिए ।

You might also like

Comments are closed.