आलुमा आत्मनिर्भर बन्न खोज्दै ढोरफिर्दी

ढोरफिर्दी । साविकको ढोरफिर्दी गाविस हालको शुक्लागण्डकी नगरपालिका–८ आलु खेतीमा आत्मनिर्भर बन्ने गरी यस वर्षदेखि आलुखेती थालिएको छ । वडाले ६६७ कृषकलाई अनुदानस्वरुप करीब ३२ हजार किलोग्राम आलुको बीउ वितरण गरेको थियो ।

पहिलो वर्षमै पाँच लाख किलो आलु उत्पादन भएको वडाले जनाएको छ । पहिलो वर्षमै आलु उत्पादनमा राम्रो भएपछि यहाँका कृषक उत्साहित भएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।

आफ्नो वडाभित्रका कृषकलाई आलु खेतीमा प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने अभियानमा यस वडा अघि बढेको छ । उनले भने, “कृषकलाई आलुको बीउ र औषधिमा अनुदानको व्यवस्था गर्दै आएका छौ ।”

footwear zone

“आलुखेतीको लागि पकेट क्षेत्रको रुपमा यस वडालाई लिने गरिएको छ । आलुखेती गर्ने कृषकलाई अवलोकन भ्रमण, तालीमलगायतका कार्यहरुमा विशेष चासो राखेर कार्य गर्दै आईरहेको छौ । ”उनले भने । आलु खेतीबाट राम्रै आम्दानी हुने देखेपछि त्यस क्षेत्रका कृषक आलुखेती तर्फ आर्कर्षित भएका छन् । एक्काइस जनाको समूह मिलेर दुई सय किलो आलु लगाउँदा करीब एक हजार ८०० किलो आलु उत्पादन भएको नवीन टोल समूहकी अध्यक्ष धनमाया आलेले जानकारी दिए ।

“उत्पादित आलु समूहमा वितरण गर्दा प्रतिव्यक्ति ८० देखी ८५ किलोसम्म भागमा प¥यो ”। उनले भने, “वडाले कृषकका लागि गर्नुपर्ने कार्यमा कुनैपनि कन्जु्याई गरिएको छैन् ।” सामूहिक रुपमा आलुखेती गर्दा रमाइलो अनुभूति भएको उनी बताउँछन् । समूहमा काम गर्दा सिक्ने अवसर धेरै मिल्दो रहेछ, उनले भने, “जानेकाले नजानेकालाई सिकाइने हुँदा प्रभावकारी हुदोरहेछ ।”

उनले आलु उत्पादन गर्ने वडाभरिका कृषकलाई स्याङ्जाको गल्याङमा गरिएको आलुखेतीको अवलोकन भ्रमण पश्चात् आफुहरु प्रभावित भएको उनले बताए । विगतका वर्षमा रातो र निलो आलु लगाउँदा निलो आलु राम्रो उत्पादन भए पनि यस वर्ष भने रातो आलु बढी मात्रामा उत्पादन भएको अर्का कृषक सपना राना मगरले बताए ।

सामूहिक खेतीमा संग्लग्न भएकी उनी यसअघि खेती गर्दा आलु खनेर ल्याउदा राम्रो नै रहेपनि पछि कुहिने समस्याले जोगाउन कठिन भएको बताउँछन् । यसवर्ष आलुमो कुनै किसिमको समस्या नदेखिएको लामो समयसम्म जोगाउन सकिन्छ कि भन्ने विश्वास लागेको उनले बताए ।

आलु लगाएदेखि पानी नपरेका कारण अपेक्षाअनुरुप उत्पादन हुन नसकेको आलुखेती गरेका कृषकको गुनासो रहेको छ । सिँचाइ भएको भए आलु उत्पादन अझ वृद्धि हुनेमा कृषक विश्वस्त थिए । यस वर्ष आफ्नो खेतमा करीब १५० किलो आलु लगाउदा करीब ९०० किलो आलु उत्पादन भएको कृषक रामबहादुर बानियाँले बताए ।

वडामा खेतीयोग्य जमीन प्रशस्त रहेकाले वडाले सिँचाइको व्यवस्था गरी दिएखेतीको लागि अझ सहज वातावरण हुने कृषक बानियाँ बताउँछन् । आगामी वर्ष आलु उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित कृषक उत्साहित भएर लागेको वडाध्यक्ष रेग्मीले बताए । उक्त वडाको लालिमफाँट, फिर्दीफाँट र दहरेफाँट आलुखेतीको लागि प्रख्यात मानिन्छन् ।

You might also like

Comments are closed.