काठमाडौं । युवा उद्यमी प्रवलजंग पाण्डे सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
बैंकको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै पाण्डेले बैंकलाई थप सफल बनाउन आफ्नो योगदान रहने प्रतिबद्धता जनाएका छन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यसमेत हुन् । लोमश ग्रुपका कार्यकारी निर्देशक पाण्डे आर्थिक विश्लेषक पनि हुन् ।

साधारणसभाले प्रमोटरहरुको तर्फबाट सजन शर्मा र सीता कार्की केसी र सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई सञ्चालकमा र अनिल ज्ञवालीलाई स्वतन्त्र सञ्चालक चयन गरेको छ ।




Comments are closed.