पुस २६ देखि प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु हुने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो।

दुई बैंक एकआपसमा गाभिए पछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ।

दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन्। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् ।

footwear zone

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो ।

You might also like

Comments are closed.